औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टर
औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टर
    • Bell Sanchar

    • ११ श्रावण २०७९, बुधबार

काठमाडौ । नेपालमा च्याउको बजार माग राम्रो रहदै आएको छ । उपभोग गर्नेहरुको कुनै कमी देखिदैैन् । तर स्वाद र पोषणको विषयमा सबै जानकार भने छैनन् । पोषणको मात्रा बढि भएको एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर च्याउ’नेपालमा बिक्री हुने च्याउ मध्यकोे एक हो । जुन नेपाल केहि वर्ष अघि मात्रै भित्रिएको हो । हाल यस च्याउको बजार माग हवात्तै बढेको छ । यद्यपि नेपालमा सिजनल रुपमा मात्रै यो च्याउ उत्पादन गर्न सकिन्छ । त्यसो त औषधिको गुण रहेको यस च्याउलाई राजा च्याउ अर्थात किङ्ग ओइस्टरको नामले पनि पुकारिन्छ ।

एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपाने चार वर्ष अघि आफू चीन भ्रमणमा जाँदा हरेक भोजनमा यो च्याउको परिकार भेटिएको बताउँछन् । सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपाल भित्र्याउने हुटहुटी उनमा जाग्यो । अनि साथीसँग मिलेर त्यो च्याउलाई नेपाल ल्याउने योजना बुने उनले । ‘सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपालमा भित्र्याउन सकिन्छ कि भनेर योजना बन्यो, उनले भने, ‘दोस्रो पटक च्याउकै लागि चीन भ्रमणमा गयौं ।

‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने र्ने बाध्यता यहाँ छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्र्याएका हौँ उनले भने नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । जसका लागि माग अनुसार पूर्ति भएको छैन । ‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने बाध्यता छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि यो च्याउ भित्र्याएका हौँ,’ न्यौपानेले भने, ‘मकै, चोकर, गहुँको पिठो, पिना लगायतका कच्चा पदार्थ प्रयोग गरी यो च्याउ तयार गरिन्छ । यो अर्गानिक च्याउ हो ।’यो च्याउ तयार गर्नका लागि कच्चा पदार्थ तराईमा उपलब्ध हुने भएकाले गैडाकोटमा यसको कम्पनी रहेको न्यौपाने बताउँछन् । ‘यो च्याउ उत्पादन गर्न उच्च प्रविधि चाहिन्छ, जसका लागि हामीले चीनबाटै दुई जनालाई वर्किङ भिसामा ल्याएका छौँ,’ न्यौपानेले भने, ‘६ महिना भयो च्याउ उत्पादन गरेको तर अहिले पनि हामी परिक्षणकै चरणमा छौँ ।’

किङ्ग ओइस्टर च्याउ बिषयमा ग्लोबल नेपाल सेफ फेडरेशनका केन्द्रिय अध्यक्ष भान्से लक्ष्मण प्रसाद भंडारी लेख्नु पर्यो बताउँछन् । ‘यो मसरुम सुरुमा आउँदा कसरी बनाउन सकिन्छ भन्ने थियो र यसबाट कुरकुरे, फ्रेन्चफ्राई, सुप लगायत धेरै परिकार बनाउन सकिदो रहेछ,’ उनले भने ।

न्यौपानेले दावी गरे अनुसार, यो च्याउ पुर्ण रूपमा अर्गानिकमात्रै छैन,यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मद्घत गर्छ ।

एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग पुरयाउने न्यौपानेको दावी छ । लामो समय सम्म भण्डारण गर्न सकिने,ब्रेस्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पुरयाउने यो च्याउ अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गरिएको उनी बताउँछन् ।

बजारीकरणका लागि कालिमाटी, बिगमार्ट,भाटभटेनीलगायतका सुपरमार्केटमा राखेका छौँ ।

नयाँ वस्तु ल्याउँदा बजारका लागि चुनौती नै हुने गर्दछ । यस च्याउको बजारीकरण गर्न न्यौपानेले पनि चुनौती खेपे । तर अहिले विस्तारै यसको बजार राम्रो हुँदै गएको उनी बताउँछन् । ‘बजारीकरणका लागि कालिमाटी, बिगमार्ट, भाटभटेनीलगायतका सुपरमार्केटमा राखेका छौँ’,उनले भने ।

यस कम्पनीबाट ८० देखि ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष ५ सय जनाभन्दा बढि नै रहेको उनी जनाउँछन् । ‘च्याउ उत्पादनका लागि ५० करोड रुपैयाँ लगानीको योजना छ । हाल हामीले ३० करोड रुपैयाँभन्दा माथि लगानी गरीसकेका छौँ,’ न्यौपानेले भने, ‘प्रतिदिन ४ हजार केजी च्याउ उत्पादन गछौँ । सोही बराबरको कम्पोष्ट मल पनि ।’

उत्पादनदेखि बजारीकरण उत्पादित कम्पनीले मात्रै जिम्मा लिएको हुन्छ । जसकारणले उत्पादन भएका वस्तुलाई आम मानिससम्म पुर्याउन सहज हुदैन ।

नेपालमा कैयौं उद्योगहरु संचालनमा आएर बन्द भएका छन् । अबका दिनमा यस्ताखाले उद्योगहरु नियमित संचालन हुनका लागि सरकारी निकायले प्रचार प्रसार, बजारीकरण गर्न सहयोगको खाँचो छ । ‘उत्पादनदेखि बजारीकरण उत्पादित कम्पनीले मात्रै जिम्मा लिएको हुन्छ । जसकारणले उत्पादन भएका वस्तुलाई आम मानिससम्म पुर्याउन सहज हुदैन,’ उनले बजारीकरणका लागि सुझाव दिदै भने, ‘कुनै एक दिन क्याबिनेटको मिटिङगबस्दा नेपाली उत्पादन उपभोग गरेमा राम्रै गरि प्रचार प्रसार हुने थियो । यसमा सरकारले ध्यान दिन जरुरी छ ।’

नयाँ वस्तु बजारीकरण गर्न समस्या पर्ने सेफ राम कृष्ण पन्त बताउँछन् । ‘नेपालमा केही वर्ष पहिले उत्पादन भएको च्याउले बजार पाएन भनेर एक जना भाइले गुनासो गर्नु भएको थियो ।’ सेफ पन्तले आफूले सुझाब दिएको सम्झदै भने, ‘डाक्टरहरुले च्याउबाट के–कस्ता पौष्टिक तत्व पाइन्छ भनेर प्रचार गर्नु भयो र मैले मल्ल होटेलमा २६० परिकार पकाएको थिए । त्यपछि बिक्री हुन थाल्यो ।’

कुरकुरे, साँधेको र सुप खाँदा स्वाद राम्रो लाग्यो । यो च्याउ नेपालमा पाउन थालेदेखि पटक–पटक किनेर खाने गरेको छु ।

कुनै समय च्याउ खान डराउने मानिसहरुले आजभोलि यसको पौष्टिक महत्व बुझ्दै जाँदा हालको समयमा यसको माग बढ्दो छ ।

यो च्याउ आफूले पहिलो पटक चाख्दा टेस्ट स्वादिष्ट रहेको बताउँछिन्, सेफ सिर्जु राई । भन्छिन,‘कुरकुरे, साँधेको र सुप खाँदा स्वाद राम्रो लाग्यो ।’

सेफ नेपालका संस्थापक अध्यक्ष पुष्प थापामगरले पहिला नै यस च्याउबारे जानकार भइ सकेका थिए । यो च्याउन नेपाल भित्रिएपछि उनी नै पहिलो ग्राहक बने । ‘यो च्याउ नेपालमा पाउन थालेदेखि पटक–पटक किनेर खाने गरेको छु,’ उनले भने ।

यो च्याउबाट भुजिया,केक लगायत विभिन्न परिकार बनाउन सकिने तर त्यसबारे आफुलाई ज्ञान नरहेको अध्यक्ष थापामगर बताउँछन् । ‘यदी त्यो जानियो भने यसको व्यापार व्यवसाय फस्टाउने छ,’उनले भने ।

 

साताकाे चर्चित
सम्बन्धित