सन्दीपले ‘द सिक्स्टी’ खेल्ने
सन्दीपले ‘द सिक्स्टी’ खेल्ने

प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

    • Bell Sanchar

    • १३ श्रावण २०७९, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्न लागेका हुन्। प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुनेछ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे पनि त्यसअघि यो प्रतियोगिता हुन लागेको कारण सन्दीप पनि टिममा परेका हुन्।

प्रतियोगितामा पुरूषतर्फ ६ टोलीको सहभागिता रहनेछ। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो।

सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरू हुनेछ। दशौं संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ।

 

साताकाे चर्चित
सम्बन्धित