चुनावको मितिबारे निर्णय गर्नुअघि प्रधानमन्त्रीले ओलीलाई फोन गर्नुभएको थियो, : मन्त्री कार्की
चुनावको मितिबारे निर्णय गर्नुअघि प्रधानमन्त्रीले ओलीलाई फोन गर्नुभएको थियो, : मन्त्री कार्की

‘प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। म पनि त्यहीँ थिएँ तर संवाद हुन सकेन,’ कार्कीले भने,‘फेरि चुनाव मंसिर ४ मा हुने कुरा अपेक्षित नै थियो।’

    • Bell Sanchar

    • २० श्रावण २०७९, शुक्रबार

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमचुनावको मिति घोषणा गर्नुअघि प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्न खोजे पनि संवाद हुन नसकेको बताएका छन्।

शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्कीले बिहीबारको मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न खोजेको बताए।

‘प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। म पनि त्यहीँ थिएँ तर संवाद हुन सकेन,’ कार्कीले भने,‘फेरि चुनाव मंसिर ४ मा हुने कुरा अपेक्षित नै थियो।’

बिहीबार मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गरेपछि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरूले चुनावको मितिबारे सरकारले प्रतिपक्षीसँग छलफल नै नगरेको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित