नेकोसको मुख्य आयोजनामा सेन्ट जोन्स स्कुल बुढानिलकण्ठ नगरपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविर सपन्न
नेकोसको मुख्य आयोजनामा सेन्ट जोन्स स्कुल बुढानिलकण्ठ नगरपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविर सपन्न
    • Bell Sanchar

    • २२ श्रावण २०७९, आईतवार

काठमाडौं । नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) ले शनिवार निःशुल्क स्वास्थ्य शिविर व्यापक उपस्थिति एवं उल्लासपूर्ण रुपमा सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले शिविरको सकारात्मक सन्देशको लागि सर्वप्रथम आफ्नै स्वास्थ्य जाँच गरि कार्यक्रमको उदघाटन गर्नु हुँदै नेकोसले वर्षौंदेखि समाजमा सकारात्मक कार्य गर्दै आएको र धेरै कार्यक्रमहरुमा आफू पनि प्रत्येक्ष सहभागी भएको र मेयर भए पछी पनि यस्तो महान कार्यमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै नेकोसको टिमलाई धन्यवाद दिनु भएको थियो ।

नेकोसका अध्यक्ष यविन्द्र कुमार श्रेष्ठले आजको शिविर समुदायका सबैको लागि खुल्ला रहेको र उक्त शिविरमा सबै उमेर समुहका स्थानीयहरुको सबै किसिमको रोग सम्बन्धि स्वास्थ्य परिक्षण गरेकोमा वयस्कहरुको लागि मुटु सम्बन्धि परिक्षण एवं बालबालिकाहरुको लागि बालरोगलाई बढी जोड दिएको बताए ।
कार्यक्रमका संयोजक तथा नेकोसका सहसचिव इन्द्र महराले कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी निवर्तमान उपमेयर रमा देवी राइ, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नंं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नंं ११ का अध्यक्ष राजु अधिकारी, नेपाल प्रहरीबाट एसएसपि भीम बुढाथोकी र कुवेर कँडेल लगायतका सामाजिक प्रतिष्ठित व्यक्तित्वहरु तथा सयौ सेवाग्राहीहरुको उपस्थिति एवं उल्लासपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन हुनुले कार्यक्रमको औचित्यता पुष्टि भएको बताए ।

शहरमा भन्दा गाउँमा यस किसिमको शिविरको आवश्यकता होइन र भन्ने प्रश्नको उत्तरमा नेकोसकी उपाध्यक्ष तथा फिलामेन्ट नेपालकी अध्यक्ष कृष्णमाया तामाङले नेकोस स्थापना भएको ११ वर्षको अवधिमा “स्वास्थ्य नै धन हो” भन्ने नारा सहित नेपालको दुरदराज गाउँ बस्तीमा सयौं यस्ता शिविरहरु सन्चालन गरि सकेको तर कोभिड १९ को कारण स्थगित भैरहेको र गाउँमा जाने अवस्था अझै ढुक्क नभएकोले कोभिड पछिको पहिलो कार्यक्रमको रूपमा शहरमै भए पनि कार्यक्रम आयोजना गरेको बताइन् । साथै स्वास्थ्य परिक्षण गराउने सेवाग्राहीहरुको उपस्थिति हेर्दा गाउँमा भन्दा शहरमा यस किसिमको शिविर आवश्यकता हो कि जस्तो लागेको समेत तामाङले बताउदै शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर लाग्नुको साथै राष्ट्रिय विपत्ति भुकम्प र कोभिड १९ को बेला जनसेवामा विशेष भुमिका सस्थाले निर्वाह गरेको कुरा स्मरण गरिन ।

अब अर्को शिविर कहिले हुन्छ भन्ने प्रश्नको उत्तरमा नेकोसकी सचिव भावना के सी र कोषाध्यक्ष मुना राई लामाले कार्यक्रम हेर्दा सामान्य जस्तो लागे पनि आर्थिक रूपमा धेरै नै कठिन हुने हुनाले नगरपालिकासंग सहकार्य गरेर छिट्टै अरु वडाहरुमा पनि सन्चालन गर्ने बताइन् ।
स्वास्थ्य सेवा समाजका हरेक व्यक्तिको लागि आवश्यक रहेको र स्वास्थ्य चेतना जागरण कार्यक्रमलाई समुदाय स्तरमा विस्तार गर्नको लागि यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहने कुरालाई विचार गर्दै आफूहरुले स्वास्थ्य शिविर सञ्चालनको लागि सहकार्य गर्न तयार भएको साथै आगामी दिनमा पनि यस्ता समुदाय लक्षित सेवामूलक रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै लैजाने योजनामा आफूहरु रहेको विद्यालयका प्रिन्सिपल रुकेश तामाङले बताए ।
फिलामेन्ट भलुन्टेयर्स कप्र्स नेपालका सचिव सुदर्शन बस्नेतले निःशुल्क स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि आफूहरु निरन्तर क्रियाशिल रहेको बताए ।

नेकोस मुख्य आयोजक रहेकोे कार्यक्रमको सम्पुर्ण प्राविधिक सहयोग मुटु बचाउँ नेपालले उपलब्ध गरेका थिए भने व्यवस्थापन सेन्ट जोन्स स्कुलले गरेको थियो । कार्यक्रमको सहआयोजकको रुपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स क्रप्स नेपाल र आराम फार्मेसी रहेको थियो ।
शिविरमा विरामीहरुको चेकजाँच विशेषज्ञ डाक्टरहरु प्रा.डा दिनेश प्रसाद कोइराला, डा. अनिल भट्टराई, उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने,डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ मुटु रोग विशेषज्ञ तथा मुटु बचाउ सस्थाका अध्यक्ष डा. अनिल भट्टराईले कार्यक्रम व्यवस्थापनमा उत्कृष्टता लागेको र यस्तो जुझारु टिम रहेको नेकोस सस्थासंग अगामी दिनहरूमा सहकार्य हुन सके अझै धेरै जनताको सेवा गर्ने मौका मिल्ने विश्वास रहेको बताए ।
शिविरमा ६०० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरेकोमा ४ जनाको अवस्था गम्भीर देखिएकोले तुरुन्त उपचारको लागि सुझाव गरिएको कुरा प्रो. डा. दिनेश कोइरालाले बताउनु भयो ।

 

 

साताकाे चर्चित
सम्बन्धित