नौसय ३४ सङ्क्रमित थपिँदा चारसय ७० घर फर्किए   
   नौसय ३४ सङ्क्रमित थपिँदा चारसय ७० घर फर्किए   

अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् ।

    • Bell Sanchar

    • २३ श्रावण २०७९, सोमबार

काठमाडौँ,
कोरोना भाइरसको सङ्क्रमण आज नौसय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीनसय ५१ परीक्षणमध्ये नौसय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छसय ८६ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चारसय ७० जना घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौसय ७२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुईसयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेशनमा पाँच हजार पाँचसय नौ जना, संस्थागत आइसोलेशनमा एकसय ७७ जना, सघन उपचार कक्ष (आइसियु)मा ४७ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

विगत २४ घण्टामा ३२ हजार पाँचसय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित