वागेश्वरी मन्दिरमा सरस्वतीको मन्दिर   
  वागेश्वरी मन्दिरमा सरस्वतीको मन्दिर   

 विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिनुभएको हो ।

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

काठमाडौँ, 
समाजसेवी हितबहादुर प्याकु¥याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिनुभएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिनुभएको हो । उहाँले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिनुभएको छ ।

अधिवक्ता र राजनीतिकर्मी पनि रहनुभएका प्याकु¥यालले विसं २०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित