अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिताको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग लाई ध्यानाकर्षण पत्र
अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिताको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग लाई ध्यानाकर्षण पत्र
    • शर्मिला विश्वकर्मा

    • २८ श्रावण २०७९, शनिबार

२७ साउन २०७९ , काठमाडौं

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिताको अधिकार सुनिश्चित गर्नु पर्ने माग सहित अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंले निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा विहिबार अर्थात हिजो साउन २६ गते सो ध्यानकर्षण पत्र बुझाइएको हो । उक्त ध्यानकर्षण पत्रमा राज्यका हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने, निर्वाचन आयोगको ऐनमा, प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता सुनिश्चत गर्नु पर्ने, उमेदवारी दर्ता गर्दा अनिवार्य रुपमा अपाङ्गता परिचय पत्र हुनु पर्ने लगायतका मागहरु पढेर सुनाउदै अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेकबहादुर गुरुङ्गले निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियालाई हस्तान्त्रण गर्नु भयो ।
यसै क्रममा अपाङ्गता अधिकारकर्मी विकास थापाले अपाङ्गता भएका व्यक्तिहरुले उमेद्वारी दिदा अपाङ्गता परिचय पत्र अनिवार्य हुनु पर्ने कुरामा जोड दिनु भयो भने अपाङ्गता मानव अधिकार प्रवर्धन समाजकी अध्यक्ष देवकला पराजुलीले निर्वाचन आयोग नेपालले उमेदवारी दर्ता गर्ने क्रममा क्रम संख्या राख्दा कुनै निश्चत अंक तोकेर अपाङ्गता भएका व्यक्ति भनि उल्लेख गर्न आग्रह गर्नु भयो ।
त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले निर्वाचन प्रक्रियाका क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य समावेशी उमेदवारीको व्यवस्था गर्नु पर्ने भन्दै महिला भित्र पनि अपाङ्गता भएका महिलाहरुलाघ ३३ प्रतिशत भित्र समावेश गर्नु पर्ने बताउनु भयो । यस कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघका अधयक्ष किरण शिल्पकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्बन्धित व्यक्तिको कार्यकक्ष सम्म पुग्न सक्ने वातावरणको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले निर्वाचन सम्बन्धी ऐन फरक क्षमता भन्ने वाक्यलाई हटाएर अपाङ्गता भएका व्यक्तिहरु राख्नु पर्ने, निर्वाचनका विषयमा तालिम दिदा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भयो ।
यसै क्रममा श्रुती संस्थाकी अध्यक्ष निता केशरी भट्टराईले निर्वाचन सम्बन्धी सूचनाहरु प्रचार गर्दा साङ्केतिक भाषा र क्यापसन हुनु पर्ने बताउनु भएको थियो भने नेपाल नेत्रहिन संघका कोषाध्यक्ष सुगम भट्टराईले मतदान चिन्हको कोठाहरु फराकिलो हुनु पर्ने र वास्तविक चुनव चिन्हको चित्र राख्नको लागि आग्रह गर्नु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंले निर्वाचन आयोग नेपालका आयुक्तलाई ध्यानकर्षण पत्र बुझाउने क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राजनीतिक दलहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई वेवास्ता गरेको भन्दै निर्वाचन आयवगका नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता सुनिश्चित गर्नु पर्ने बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितका लागि बुझाईएको ध्यानकर्षण पत्र बुझ्दै निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियाले यस पत्रमा उल्लेख गरिएका मागहरुलाई संवोधन गर्ने प्रयास गर्ने भन्दै आयोगले बनाउने नीति, नियम, कार्यविधि, निर्देशिका तथा नियमावलीहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका महिलाहरुलाई पनि समावेश गर्ने र सरकारी विद्यालयहरुमा १ सय वटा अपाङ्गता मैत्री नमूना मतदान केन्द्र बनाउने बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित