राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई शान्तिसुरक्षा मजवुद बनाइने ,
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई शान्तिसुरक्षा मजवुद बनाइने ,

“ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थान, फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, तार व्यवस्थापनका लागि परिषद् सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्छ,”– उहाँले भन्नुभयो ।

    • Bell Sanchar

    • २ भाद्र २०७९, बिहीबार

काठमाडौँ,

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको शान्तिसुरक्षालाई मजबुद बनाइन प्रहरी र व्यवसायीबीच सहकार्यको खाँचो रहेको बताइएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले बुधबार आयोजना गरेको प्रहरी वृत्त लैनचौर र दरबारमार्गका प्रमुखलाई ‘स्वागत एवम् बधाई’ कार्यक्रममा ठमेलको शान्ति सुरक्षालाई थप मजबुद बनाउन प्रहरी र व्यवसायीबीच सहकार्यको आवश्यक रहेको बताइएको हो ।

कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको विकृति विसङ्गती अन्त्यका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थान, फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, तार व्यवस्थापनका लागि परिषद् सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्छ,”– उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माले गृह मन्त्रालयले ठमेलमा २४ सै घण्टा खोल्न पाउने व्यवस्था गरेको भन्दै ठमेलभित्रका व्यवसायीलाई प्रहरी प्रशासनबाट समान व्यवहार गर्नुपर्ने बताउनुभयो । ठमेल भित्रका गलत क्रियाकलाप रोक्दै शान्ति सुरक्षालाई व्यवस्थित गर्न सबै लाग्नुपर्ने उहाँको भनाई थियो ।

प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको ठमेलको पर्यटन उद्योगलाई अगाडि बढाउन नेपाल प्रहरीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । ठमेल क्षेत्रको सुरक्षा अवस्था अन्तर्राष्ट्रिय जगतमा देशकै प्रतिष्ठासँग जोडिएकाले सोहीअनुसार प्रहरीले सुरक्षा प्रदान गर्ने उहाँको भनाई छ ।

प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक कोपिला चुडालले पर्यटनको महत्वपूर्ण पाटो सुरक्षा भएकाले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ठमेल क्षेत्रमा अपराध गर्ने छुट कसैलाई नभएको उहाँको भनाई थियो ।

कार्यक्रममा परिषद्का पदाधिकारी एवम् सदस्यहरुले ठमेल घुम्न आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र परिषद्बीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित