‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको शुभारम्भ
‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको शुभारम्भ

बिहीबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो।

    • Bell Sanchar

    • ३ भाद्र २०७९, शुक्रबार

‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको राष्ट्रिय स्तरमा शुभारम्भ भएको छ।

बिहीबार युरोपेली युनियन, युएनडिपी, युएन विमेनको सहयोग र मित्र समाज तथा डेक्को नेपालको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

बिहीबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो।

चालू आर्थिक वर्षमा यो कार्यक्रम ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, बीरेन्द्रनगरपालिका र धनगढी उपमहानगरपालिकामा कार्यान्वयन गर्ने योजना छ।

सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न बनेको राष्ट्रिय रणनीति र कार्ययोजना २०७८ को उद्देश्य नं ३ मा स्थानीय सार्वजनिक वित्त व्यवस्थापन प्रक्रियामा नागरिक सहभागिता र समावेशीताका सिद्धान्तको व्यवहारिक कार्यान्वयन गर्ने विषय उल्लेख छ।

बजेट प्रक्रियामा नागरिक सहभागिताले नागरिक र सरकार बीचको सम्बन्धलाई सुदृढ बनाउन मात्र नभइ नीति निर्माता तथा प्रशासकहरूलाई नागरिक विकासका प्राथमिकताहरू, आवश्यकता र बजेट कार्यान्वयनमा उनीहरूको सहभागितालाई राम्रोसँग बुझ्न मद्दत गर्ने बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित