आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    • Bell Sanchar

    • ४ भाद्र २०७९, शनिबार

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ ।

प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदलीरही बाकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित