तीज पर्वलाई लक्षित गरेर महिलाको उपचारमा ग्राण्डीको सहुलियत
तीज पर्वलाई लक्षित गरेर महिलाको उपचारमा ग्राण्डीको सहुलियत
    • Bell Sanchar

    • ४ भाद्र २०७९, शनिबार

काठमाडौँ, ४ भदौ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ । काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो ।

ग्राण्डीले महिलाहरुलाई तीजलाई लक्षित गरी ४० प्रतिशतसम्म सहुलियत दिन लागेको जनाएको छ । ग्राण्डीले रु चार हजार ५०० मा स्त्री रोगसम्बन्धी परामर्श, थाइराइड, सुगर जाँच, सिविसी जाँच, क्रेटिनाइन जाँच, पिसावको जाँच, पेटको अल्ट्रासाउण्ड, पाठेघरको पानी निकालेर गरिने जाँचलगायतका सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले चेकजाँचमा सहुलियतको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । “तीज पर्वको अवसरमा सहुलियत दिएका सेवा लिएर मेमोग्राफी गर्न चाहने महिलालाई मेमोग्राफीमा समेत ५० प्रतिशत सहुलियतको व्यवस्था गरेका छौँ,”– उहाँले भन्नुभयो । ग्राण्डीले उक्त सेवा भदौ १ गतेदेखि भदौ ३० गतेसम्म लागू गर्ने जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित