पीरो तर गुनिलो अकबरे खुर्सानी
पीरो तर गुनिलो अकबरे खुर्सानी
    • Bell Sanchar

    • ९ भाद्र २०७९, बिहीबार

अकबरे खुर्सानी सम्झनसाथ धेरैको मुख रसाउँछ। कतिपय यस्ता हुन्छन्, अकबरे नभए गाँस नै नरुच्ने। हरेक गाँसमा खुर्सानी चपाउनुपर्छ। हुनपनि नेपाली खाना दाल, भात, तरकारीसँगै अकबरे खुर्सानी खान पाए स्वाद दोब्बर हुन्छ। त्यही कारण त अधिकांशको भान्सामा अकबरे खुर्सानीको माग छ।

अकबरे खुर्सानी नेपालको धेरै भू-भागमा उत्पादन हुन्छ। कतिपय किसानले व्यवसायिक ढंगले अकबरे खुर्सानी उत्पादन गर्छन्। इलाम, पाँचथर जस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएको छ।

सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन्। चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन्। रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ। पिरो खानेकुराले तौल घटाउनेदेखि शरीरलाई न्याने बनाउन र शरिर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ।

खुर्सानी खाँदाका फाइदाः

चिसोबाट बचाउँछः खुर्सानीको विशेषता पिरो र तातो हो। यसले शरीरलाई चिसो हुनबाट जोगाउँछ। चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ।

पाचन पक्रियामा सहयोग: खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ। त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ।

तौल घटाउँछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ। सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने  जनाइएको थियो। रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ।

क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले  क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ। नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो। आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो।

कन्जस्टेसनबाट बचाउँछः पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ। खुर्सानीले शरीरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ। खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ।

साताकाे चर्चित
सम्बन्धित