राज्यमन्त्रीबाट बर्खास्त भएका कुलवीर चौधरी एमाले प्रवेश गरे
राज्यमन्त्रीबाट बर्खास्त भएका कुलवीर चौधरी एमाले प्रवेश गरे

उनलाई बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराएका हुन्।

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीबाट बर्खास्त भएका कुलवीर चौधरी एमालेमा प्रवेश गरेका छन्।

उनलाई बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराएका हुन्।

एमालेमा जान लागेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले केहीबेर अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेका चौधरीलाई पदबाट हटाएका थिए।

उनी एमालेबाटै सांसद भए पनि पछिल्लो समय पार्टी फुटेयता एकीकृत समाजवादीमा गएका थिए। उनी एकीकृत समाजवादीमा प्रदेश कमिटी सदस्य रहेका थिए।

पार्टी प्रवेश कार्यक्रममा मन्त्री चढ्ने गाडीमा पुगेका उनले कञ्चनपुर पुगेपछि फिर्ता गरेको बताए।

साताकाे चर्चित
सम्बन्धित