अध्यक्ष केपी शर्मा ओली ,आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १ सय ५० सिट जित्छौं
अध्यक्ष केपी शर्मा ओली ,आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १ सय ५० सिट जित्छौं

यस्तै, माओवादी केन्द्रबाट पनि नेता शंकर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरूले एमालेमा प्रवेश गरेका छन्।

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन्।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० जितेर दुनियाँलाई चकित पार्ने बताए।

‘गठबन्धनले जिते देश हार्छ, यो देशलाई जिताउने अभियानमा नेपाली जनताले एमालेलाई जिताउने छन्,

देशमा शान्ति सुरक्षा गर्न, विकास र समृद्धि ल्याउन, आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १ सय ५० सिट जित्छौं, यो देखेर दुनियाँ आश्चार्य र चकित हुनेछ’, उनले भने।

उनले अरूको पैसा बोकेर नभई आफैं इमान्दारिताले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरे।

आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायतका नेताहरू बुधबार एमालेमा प्रवेश गरेका हुन्।

यस्तै, माओवादी केन्द्रबाट पनि नेता शंकर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरूले एमालेमा प्रवेश गरेका छन्।

यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्यमन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका हुन्।

भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन्।

प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।

साताकाे चर्चित
सम्बन्धित