च्याम्पियन्स लिगमा लिभरपुलको लज्जास्पद हार
च्याम्पियन्स लिगमा लिभरपुलको लज्जास्पद हार

लिभरपुलका लागि समूह एको पहिलो खेल बिर्सनलायक रह्यो । 

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरमा हराएको हो।

नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे। लिभरपुलका लुइज डियाजले एक गोल फर्काए।

लिभरपुलका लागि समूह एको पहिलो खेल बिर्सनलायक रह्यो ।

पहिलो हाफमै नापोली ३-० ले अघि बढेको थियो।

जिलिस्कीको पेनाल्टी गोलबाट नापोलीले खेलमा सुरूआती अग्रता लिएको थियो। खेलको पाँचौ मिनेटमा गोल गरेका थिए।

यस्तै एन्गुइसाले ३१ औं मिनेटमा गोल गर्दै नापोलीको अग्रता दोब्बर पारे। ४४ औं मिनेटमा सिमोनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३-० ले अग्रता दिलाए।

दोस्रो हाफको सुरूमै ४७ औं मिनेटमा जिलिस्कीले गोल गर्दै इटालियन क्लबलाई ४–० को फराकिलो अग्रता दिलाए। त्यसको २ मिनेटपछि लिभरपुलका लागि डियाजले गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर घरेलु टोलीलेले आफ्नो लय कायम राखेपछि लिभरपुल लज्जास्पद हार व्योर्हन बाध्य भयो।

यो सँगै समूह एमा रहेको नापोलीले तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अंक बटुलेको छ।

साताकाे चर्चित
सम्बन्धित