रिचर्डलिसन चम्कँदा च्याम्पियन्स लिगमा टोटनहमको विजयी सुरूआत
रिचर्डलिसन चम्कँदा च्याम्पियन्स लिगमा टोटनहमको विजयी सुरूआत

टोटनहमले रिचर्डलिसनलाई यसै सिजन एभर्टनबाट ६० मिलियन पाउण्ड तिरेर क्लबमा अनुबन्ध गरेको थियो। 

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

टोटेनहमले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ।

बुधबार राति टोटेनहमले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराउँदै लिगमा विजयी सुरूआत गरेको हो।

टोटेनहमका लागि रिचर्डलिसनले खेलको अन्तिम समयमा दुई गोल गर्दै उत्कृष्ट जित दिलाए। ७६ औं मिनेटसम्म गोलरहित बराबरीमा रहेको खेलमा पेरिसिकको पासमा गोल गर्दै खेलमा अग्रता बनाए।

त्यसको ५ मिनेटपछि उनले दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए।

दोस्रो हाफको सुरुवातमै चान्सल मबेम्बा रातो कार्ड खादै मैदान बाहिरिएपछि मार्सेली १० खेलाडीमा सिमित भएको थियो।

टोटनहमले रिचर्डलिसनलाई यसै सिजन एभर्टनबाट ६० मिलियन पाउण्ड तिरेर क्लबमा अनुबन्ध गरेको थियो।

सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हरायो।

साताकाे चर्चित
सम्बन्धित