नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी   
    नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी   

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो ।

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

काठमाडौँ,
नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो । खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सुदूरपश्चिम छ ओभरमा छ विकेट गुमाउदै ६२ रनमा समेटियो ।

वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई छ ओभरमा घटाइएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ११ रन जोडे । त्यसैगरी बसन्त खत्री १० रनमा आउट हुदाँ शेर मल्लले आठ रन बनाए । लोकेन्द्र चन्दले सात, बसन्त कार्की र नारायण जोशीले समान ४÷४ रन बनाए ।

बलिङतर्फ एनआरएनका आशिष पोखरेल र दिपक क्षेत्रीले समान ३÷३ विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए भने कप्तान सुमन गौतमले २५ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्ले समान २÷२ विकेट लिए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागिय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित