डेङ्गुबाट बच्न सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगरपालिकाको आग्रह
डेङ्गुबाट बच्न सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगरपालिकाको आग्रह
    • Bell Sanchar

    • ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौंँ:

कागेश्वरी मनोहरा नगरपालिकाले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन नगर प्रमुख उपेन्द्र कार्कीले सबैमा आग्रह गरेका छन्। आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन लागिपरेको बताए । डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन् ।

नगर प्रमुख कार्कीले सम्पूर्ण जनप्रनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन ।

उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित