नेपालका पूर्व ब्याट्सम्यान नरेश क्यानडाको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा
नेपालका पूर्व ब्याट्सम्यान नरेश क्यानडाको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

नरेशले सन् २०१९ देखि नेपाली क्यानेडियन क्रिकेट क्लबबाट खेल्दै आएका छन्। 

    • Bell Sanchar

    • २ आश्विन २०७९, आईतवार

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान नरेश बुढाऐर क्यानाडा राष्ट्रिय क्रिकेट टिमको बन्द शिविरका लागि टिममा परेका छन्।

क्यानडाका मूख्य प्रशिक्षक पुबुदु दसानायकेले उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका हुन्।

तीन वर्ष क्यानडामा बसोबास गरेपछि नरेश क्यानडाको राष्ट्रिय टोलीबाट खेल्न योग्य भएका छन्।

नरेशले सन् २०१४ मा नेपाली राष्ट्रिय टिमबाट टी-२० विश्वकप खेलेका थिए। त्यतिबेला नेपालको प्रशिक्षक दयानायके थिए।

उनले नेपाली टिमबाट चार टी-२० र ६ लिस्ट एका खेल खेलका थिए।

नरेश टिममा छनोट भएमा क्यानडाको राष्ट्रिय टिममा पर्ने पहिलो नेपाली हुनेछन्। क्यानडाको बन्द प्रशिक्षणमा पुग्ने नरेश पहिलो नेपाली पनि हुन्।

नरेशले सन् २०१९ देखि नेपाली क्यानेडियन क्रिकेट क्लबबाट खेल्दै आएका छन्।

हालै नरेशले मिसिसाउगा क्रिकेट लिगमा नाइट सिसीविरुद्धको खेलमा एनसिसीका लागि २१० रन बनाएका थिए।

यस्तै गत असारमा नरेशले नेपालविरुद्ध खेलेका थिए। आइसिसी विश्वकप लिग-२ अन्तर्गको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपालले स्थानीय ओन्टारियो टिमसँग अभ्यास खेलेको थियो। त्यतिबेला नरेशले ओन्टारियोबाट खेलेका थिए।

साताकाे चर्चित
सम्बन्धित