सेयर बजारमा १५ अंकको वृद्धि
सेयर बजारमा १५ अंकको वृद्धि
    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। तर सेयर कारोबारमा भने संकुचन आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ। ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ।

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ।

होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन्। होटल तथा पर्यटन २० अंक र म्युचुअल फन्ड ०.०६ अंकले घट्दा बैंकिङ १२, व्यापार १६, विकास बैंक ५१, जलविद्युत २४, फाइनान्स २१, निर्जीवन बीमा ३१, उत्पादन १६, माइक्रोफाइनान्स ३६, जीवन बीमा ५०, लगानी ०.२३ र अन्य उपसमूह ८ अंकले बढेका छन्।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित