भीम रावल ,गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु
भीम रावल ,गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु

तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    • Bell Sanchar

    • २२ आश्विन २०७९, शनिबार

काठमाडौं

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् ।

रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए । ‘अहिले म गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु’, रावलले भने ।

साताकाे चर्चित
सम्बन्धित