ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने काठमाडौं ५ मा
ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने काठमाडौं ५ मा

यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने छिन् ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

काठमाडौं

काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।

यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने छिन् ।

साताकाे चर्चित
सम्बन्धित