शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी , कसैले वारेस पठाए
शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी , कसैले वारेस पठाए

एमाले अध्यक्ष केपी ओली आज दिउँसाे २ बजे मनोनयन दर्ता गराउन झापा गइसकेका छन् ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

काठमाडौं

आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकाे चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको मनोनयनपत्र दाखिला गराउन हिजै शनिबार डडेलधुरा गएकी हुन् ।

कांग्रेस डडेलधुराका उपसभापति डिल्ली जाेशीले आज आइतबार दिउँसो २ बजे देउवाकाे मनोनयन हुने जानकारी दिए । ०४८ सालयता देउवा डडेलधुराबाट सांसद बन्दै आएका छन् ।

एमाले अध्यक्ष केपी ओली आज दिउँसाे २ बजे मनोनयन दर्ता गराउन झापा गइसकेका छन् । ओलीकाे सचिवालयका अनुसार उनले आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गाेरखा २ बाट मनाेनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका बाबुराम भट्टराईलाई साथै लगेर गएका छन् ।

भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो।

उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा !’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राैतहट गएर, अनि राप्रपाका अध्यक्ष राजेन्द्र लि‌ङ्देन झापा गएर मनाेनयन दर्ता गराउँदैछन् ।

साताकाे चर्चित
सम्बन्धित