एमाले र राप्रपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार ,कर्णालीमा यी हुन् गठबन्धन
एमाले र राप्रपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार ,कर्णालीमा यी हुन् गठबन्धन

समाजवादीले सल्यान, डोल्पा र दैलेख निर्वाचन क्षेत्रमा १ भाग पाएको छ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

कर्णाली प्रदेशको १२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गठबन्धन दल (नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी), नेकपा एमाले र राप्रपाबाट उम्मेदवार टुंगिएका छन्।

कर्णालीका दैलेख र सुर्खेतमा दुई/दुई वटा निर्वाचन क्षेत्र छन् भने अरू जिल्लामा एक/एक वटा निर्वाचन क्षेत्र छन्।

यीमध्ये गठबन्धनबाट माओवादीले ५, कांग्रेसले ४, समाजवादीले ३ क्षेत्रमा भाग पाएको छ।

माओवादीले जाजरकोट, सल्यान, कालीकोट, जुम्ला र हुम्लामा भाग पाएको छ। कांग्रेसले मुगु, सुर्खेतका दुइटा निर्वाचन क्षेत्र र दैलेखमा २ भाग पाएको छ।

समाजवादीले सल्यान, डोल्पा र दैलेख निर्वाचन क्षेत्रमा १ भाग पाएको छ।

प्रदेशमा १२ मध्ये एक जनामात्र महिला उम्मेदवार छन्।

यी निर्वाचन क्षेत्रमा मुख्य दलबाट टुंगो लागेका उम्मेदवारले मनोनयन दर्ता गराउन बाँकी छ। निरन्तर वर्षातका कारण मनोनयन सुरू भने भइसकेको छैन।

प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा गठबन्धन दलमध्ये एकीकृत समाजवादीबाट डोल्पा धनबहादुर बुढाले टिकट पाएका छन्। एमालेबाट गणेश शाही उम्मेदवार बन्ने भएका छन्।

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले टिकट पाएका छन्। एमालेबाट राजु कार्कीले टिकट पाएका छन्।

जुम्लाबाट गोमा गौतम कुँवर माओवादीबाट उम्मेदवार बन्दैछन्। उनी यसअघि २०७० मा संविधान सभा सदस्य थिइन्। एमालेबाट रतननाथ योगी उम्मेदवार बन्दैछन्। ज्ञानेन्द्र शाही राप्रपाबाट उम्मेदवार बन्दैछन्।

कालीकोटमा माओवादीबाट कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार बन्दैछन् भने एमालेबाट नगेन्द्र शाही उम्मेदवार बन्दैछन्।

हुम्लाबाट छिरिङ डम्डोल लामा माओवादीबाट उम्मेदवार बन्दैछन्।

उनी यसअघि कर्णाली प्रदेशको गैरसांसद मन्त्री बनेका थिए। एमालेबाट कर्णालीका पूर्व सामाजिक विकासमन्त्री दल रावल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन्।

जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेत उम्मेदवार बन्दैछन्। एमालेबाट निरज आचार्य उम्मेदवार बन्दैछन्।

दैलेखको निर्वाचन क्षेत्र १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा उम्मेदवार बन्दैछन्।

उनी यसअघि २०७० मा संविधान सभा सदस्य थिए भने २०७४ मा प्रदेश सभा सदस्य थिए। उनी कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनिसकेका छन्।

दैलेख १ मा रविन्द्रराज शर्मा एमालेबाट उम्मेदवार बन्दैछन्।

दैलेख २ बाट कांग्रेसका दिक्पालकुमार शाही उम्मेदवार बन्दैछन् भने एमालेबाट लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार बन्दैछन्।

सुर्खेत निर्वाचन क्षेत्र १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार बन्दैछन्। यो क्षेत्रमा एमालेबाट यसअघि २०७४ मा खड्कालाई नै हराएका ध्रुवकुमार शाही उम्मेदवार बन्दैछन्।

सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी उम्मेदवार बन्दैछन्। थानी पनि २०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थिए। एमालेबाट अमृतकुमार बिसी उम्मेदवार बन्दैछन्।

साताकाे चर्चित
सम्बन्धित