हुम्लाबाट पूर्वमन्त्री दल रावलले उम्मेदवारी दर्ता गराए
हुम्लाबाट पूर्वमन्त्री दल रावलले उम्मेदवारी दर्ता गराए

रावलले आइतबार दिउँसो केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

, सुर्खेत

नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री दल रावलले हुम्लाबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

रावलले आइतबार दिउँसो केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

वाम गठबन्धनका तर्फबाट ०७४ मा हुम्लाबाट प्रदेश सभा निर्वाचन लडेका रावल यो पटक भने प्रतिनिधि सभाको लागि मनाउन गराएका हुन् ।

आइतबार दिउँसो २ बजे हुम्ला पुगेर मनोनयन दर्ता गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण कारण निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएको रावलले बताए ।

रावलको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट भने नेकपा माओवादीका छिरिङ डम्डुल लामा कार्चेन उम्मेदवार बनेका छन् । लामा पनि कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री हुन् ।

साताकाे चर्चित
सम्बन्धित