पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण
पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण

जलवायु परिवर्तन मानिसहरुको धेरै आवागमन हुने हुँदा लामखुट्टेबाट सर्ने रोग फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्।

    • Bell Sanchar

    • २७ आश्विन २०७९, बिहीबार

काठमाडौं

पछिल्लो समय पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण देखिएको छ ।

पाल्पामा तीन महिना नपुग्दै डेंगु संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा मात्रै ५८६ जनामा डेंगु संक्रमण देखिएको हो । साउन महिनामा जम्मा २३ जनामा मात्र संक्रमण देखिएकोमा भदौमा १३४ र असोज महिनाको हालसम्म ४२९ जना थपिएसँगै संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताउनुभयो ।

पछिल्लो समय सरकारी स्वास्थय संस्थासँगै निजी मेडिकल र क्लिनिकमा पनि लक्षणसहितका बिरामी बढेपछि दैनिक संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला सदरमुकाम तानसनसँगै रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा संक्रमित धेरै देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।

चाडपर्वका बेला बाहिरी जिल्लाबाट पनि मानिसहरु जिल्लामा भित्रिएको हुँदा उनीहरुबाट पनि संक्रमण बढेको हुन सक्ने स्वास्थयकर्मीहरुले बताएका छन् । जलवायु परिवर्तन मानिसहरुको धेरै आवागमन हुने हुँदा लामखुट्टेबाट सर्ने रोग फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्।

यसैबीच जिल्लामा डेंगुका संक्रमित बढेसँगै आवश्यक रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि सब स्थानीय तहलाई पूर्व तयारी गर्न पनि स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित