प्रतिनिधि सभातर्फ कर्णालीका तीन क्षेत्रको नतिजा आउन बाँकी
प्रतिनिधि सभातर्फ कर्णालीका तीन क्षेत्रको नतिजा आउन बाँकी

नेकपा एमालेका उम्मेदवार दल रावलले ५ हजार १३० मत ल्याएका छन्।

    • Bell Sanchar

    • ९ मंसिर २०७९, शुक्रबार

कर्णालीका १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रको निर्वाचन नतिजा आएको छ।

तीनवटा निर्वाचन क्षेत्रको मतगणना जारी छ। हुम्ला, मुगु र कालीकोट बाहेकको नतिजा आइसकेको छ।

हुम्ला ११ हजार ९२१ मत गन्दा गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामाले अग्रता लिएका छन्।

उनले ६ हजार ३१० मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार दल रावलले ५ हजार १३० मत ल्याएका छन्।

मुगु प्रतिनिधि सभातर्फ पनि गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले ८ हजार ४३ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजबहादुर कार्कीले ५ हजार ८७८ मत ल्याएका छन्।

कालीकोटमा पनि गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।

कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले १९ हजार ७६ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीले १३ हजार ३८५ मत ल्याएका छन्।

नतिजा आइसकेका ९ वटा निर्वाचन क्षेत्रमध्ये सुर्खेत-१ मा कांग्रेस उपसभापित पूर्णबहादुर खड्का विजयी भएका छन्।

२ मा कांग्रेसकै हृदयराम थानी विजयी भएका छन्। जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, रूकुम पश्चिममा जनार्दन शर्मा विजयी भएका छन्।

डोल्पामा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा, दैलेख १ मा नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापा विजयी भएका छन्। सल्यानमा पनि समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन्।

दैलेख-२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन्।

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही विजयी भएका छन्।

साताकाे चर्चित
सम्बन्धित