आत्मघाती आक्रमणमा परेर पाकिस्तानको क्वेटामा २ जनाको मृत्यु
आत्मघाती आक्रमणमा परेर पाकिस्तानको क्वेटामा २ जनाको मृत्यु
    • Bell Sanchar

    • १४ मंसिर २०७९, बुधबार

काठमाडौं

पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते भएका हुन् ।

क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी छन् ।

विस्फोटमा ३ वडा गाडीमा क्षति पुगेको छ । आतंकवादी समूह तहरिक ए तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनामा निन्दा गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित