एकदिने शिक्षा विभाग प्रमुख आसिका प्याकुरेल
एकदिने शिक्षा विभाग प्रमुख आसिका प्याकुरेल
    • उमेश बुढा

    • २१ मंसिर २०७९, बुधबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँ पालिकामा एकदिने शिक्षा विभाग प्रमुख आसिका प्याकुरेले पदभार गहण गर्नु भएको छ।

११ आौं अन्तर्राष्ट्रिय बालिका दिवश २०२२ लाई लक्षित गर्दै १६ दिने महिला हिंसा विरुद्ध र मङ्सिर १८ गतेको गल्स टेकओभर कार्यक्रमलाई मध्यनजर गर्दै उहाँले पदभार गहण गर्नु भएको हो ।

विद्यालयको घेरा भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयको ढोका भित्र प्रबेश गर्नमा जोड दिदै सिँजा गाउँपालिका शिक्षा विभाग प्रमुख प्याकुरेल भन्नु हुन्छ , किशोरी एउटा घर , छिमेक र समाजले जुनसुकै कार्यमा पछाडि पर्दै आएको देखिन्छ ।
समाजमा घटेका कूरिति , कुसंस्कार र किशोरी माथि हुने हत्या हिंसात्मक दुर्ववहारका बारेमा आवाज उठाउँदा समाजले नराम्रो दृष्टिकोणले हेर्ने प्रविधि जुम्लामा रहेको प्याकुरेलले बताइन् ।

उनका अनुसार जुम्लामा किशोरीमाथि हेरिने नजर अर्काको घरमा पहिल जाने छोरिलाई धेरै पढाउनु लेखाउनु हुदैन । छोरालाई हरेक घरायसी काम नगराएर लेखपढ गर्नमा घरका आमाबाबुबाट यस्तो हर्कत देखिन्छ ।

छोरिलाई सरकारी विद्यालय र छोरालाई बोडिङ्ग पढाउने प्रचलन अझै जुम्लामा रहेकोछ । उच्च शिक्षा र टेक्निकल शिक्षाको लागि छोरालाई शहरका विद्यालयमा पढाउने र छोरिलाई गाउँका विद्ययालयमा पढाउने प्रथा कायमै रहेको प्याकुरेलले बताउँछन् ।

किशोरी आज मात्र नभर भविष्यमा देशको जुनसुकै फाँट र मुख्य कार्लयका कार्य गर्न सक्छन् र गर्छन् पनि , महिलाले पनि राजनीतिक , जनप्रतिनिधि शिक्षा जस्ता क्षेत्रमा अघुवाई गर्न सक्छन् उनको भनाई छ । र म एकदिने शिक्षा विभाग प्रमुख भन्दै गर्दाको अनुभव शिक्षामा किशोर र किशोरीमा हुने गरेको भेदभावलाई अन्त्य गर्नु पर्छ प्याकुरेलले बताइन् ।

प्लान नेपालको आर्थिक सहयोग र आत्मसमानको लागि सहकार्य ( क्याड ) नेपाल जुम्लाको सहजिकरणमा सञ्चालन भएको बाल संरक्षण परियोजना अन्तर्गत समाजमा पछि पारिएका किशोरी , युवा महिलाका आवाज मुद्दालाई अगाडि लैजानको लागि कार्यक्रमको मुख्य उद्श्य रहेको क्याड नेपाल परियोजना अधिकृत सोनु श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार किशोरी र महिलाहरुमा समाज र राष्ट्रमा गरिने भेदभाव अन्याय , अत्याचार , दमन , हिंसा लगायतका सबै गतिविधि न्युनिकरण गर्न सम्बन्धित सबैको उतिकै भुमिमा रहनु पर्छ ।

सिजा गाउँपालिका शिक्षा विभाग प्रमुख भिम रोकाया भन्नु हुन्छ एक दिने शिक्षा विभाग प्रमुख बन्नु भएकी किशोरी आसिका प्याकुरेलले उठाएका किशोरीका मुद्दा , शिक्षा सम्बन्धि सवाल , महिलाको अधिकार बारे आवाजलाई कार्यपालिकामा कुरा उठाउछु बताउनु भएको छ ।

सिजा गाउँपालिकामा एकदिने शिक्षा विभाग प्रमुख किशोरीलाई बनाएर बालिकाले देखासिकी गरेर पनि भविस्यमा साँच्चिकै कार्यलय प्रमुख बन्न सक्छन् नि। सिंजागाउँपालिका वडा नं. ३ अध्यक्ष सुर वहादुर रावतले बताए ।

 

साताकाे चर्चित
सम्बन्धित