कर्मचारी माथि पालिका अध्यक्ष बुढाको दादागिरी ।
कर्मचारी माथि पालिका अध्यक्ष बुढाको दादागिरी ।
    • उमेश बुढा

    • २ पुष २०७९, शनिबार

जुम्ला

जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान वहादुर बुढाले कर्मचारी माथि दादागिरी गरेको कर्मचारीले आरोप लगाएका छन् । जनताबाट अनुमोदित भएको पदको भरमा दादागिरी मचाउने , हेपहेला गर्ने, निरास बनाउने, कार्य गर्न रोक लगाउने जस्ता व्यवहार पालिका कर्मचारी माथि बारम्बार नराम्रो हर्कत देखाउदै आएको गुठिचौरका कर्मचारीले आरोप लगाएका हुन ।
ऐन कानुनको विधि पद्धतिको धज्जी उडाउँदै अध्यक्ष बुढाले कर्मचारीमाथि ज्यादती मचाउँदै आएको कर्मचारीको आरपछ ।

महिले स्थानिय चुनाव लड्दै गर्दा चुनाव हराउनमा तिमिहरुको दिनरात मरिमेटी लागेका थियौँ , तुरुन्तै तिमीहरू अन्त्यै भए हुन्छ , एक वर्षसम्म कुनै कर्मचारी नभए पनि हुन्छ । म ५ वर्ष पछि फेरी गाउँपालिका अध्यक्ष उठ्ने पनि होइन, विकासका कामहरु रोकिए पनि फरक पर्दैन भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिएको कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत खत्री लगायत अन्य सबै कर्मचारीलाई जनताको हितमा काम नगर्ने भए अन्त गए हुन्छ, अध्यक्ष बुढाले स्वीकार गर्नु भयो । विज्ञप्ति निकालेर मोर्चाबन्दी गरेर जो चोर ,उस्को ठुलो स्वर भने जस्तो हर्कत देखाएका छन् । विज्ञप्तिको कुनै अर्थ छैन् । विज्ञप्तिमा लेखिएका कुरा सबै निधार भएको उहाँको दावीछ ।

कर्मचारीले काम गरेको सन्तोषजनक नभएकोले एक्सन लिएको हुँ अध्यक्ष बढाले बताए । प्रमुख प्रशासकिय अधिकृत सिंह वहादुर खत्रीको काम सन्तोषजन नभएको बुढाको भनाइछ । टेलिफोनमा कुरा गर्दा उहाँले भन्नुभयो, कार्यपालिका ूबैठकमा बोलाउँदा नआउने , अध्यक्षको निर्देशन पालना नगर्ने , सामान्य फाइल पनि अट्कायर जनतालाई दुस् ख दिने, कर्मचारीको मोर्चा बजाउने , जनताप्रति बफादार नहुने र समग्रमा कार्यसम्पादन सन्तोषजनक नदेखिपछि बहुमत कार्यपालिका सदस्यको बैठकले हटाउने निर्णय भएको हो ।

गुठिचौर गाउँपालिकामा कर्मचारी र अध्यक्ष बिच टक्कर हुँदा विकासका कार्यपनि छिटो छरितो र समयमा विकासको अनुगमन हुन सकेको छैन् । कर्मचारीले गरेको काम अध्यक्षलाई राम्रो नलाग्ने र अध्यक्षको व्यवहार कर्मचारीलाई राम्रो नलाग्ने हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

साताकाे चर्चित
सम्बन्धित