अहिले नै मन्त्री बन्ने चाहना छैन: विश्वप्रकाश शर्मा
अहिले नै मन्त्री बन्ने चाहना छैन: विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए।

    • Bell Sanchar

    • ३ पुष २०७९, आईतवार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन्।

कांग्रेस झापा क्षेत्र नम्बर १ काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको ‘सम्मान समारोह’मा बोल्दै शर्माले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको बताए।

मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उनले बताए।

कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत प्रत्यक्षतर्फ ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बनिहाल्नुपर्छ भन्ने बेला नभएको उनले बताए।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए।

उनले कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिन सक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको बताए।

साताकाे चर्चित
सम्बन्धित