फिल्म ‘सिड्नी’ बन्ने ,सविन र रीमाको मुख्य भूमिकामा
फिल्म ‘सिड्नी’ बन्ने ,सविन र रीमाको मुख्य भूमिकामा
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

अभिनेता सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने घोषणा भएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।

देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अष्ट्रेलियाको सिड्नी पुगेपछि नेपालीहरूले गर्नु परेको संघर्षलाई देखाइने छ। फिल्मको कथा युगलध्वज कार्कीले लेखेका हुन्।

ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने छ।

वैशाख महिनादेखि छायांकन सुरु गर्ने निर्माण टिमको योजना छ। यो फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन्।

छायांकनमा जानुअघि फिल्मका अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता चोलाबहादुर आचार्य र भीमराज रसाइली हुन्।

साताकाे चर्चित
सम्बन्धित