बुद्ध एअर ,पोखरा विमान दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाएका छौं
बुद्ध एअर ,पोखरा विमान दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाएका छौं
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

काठमाडौं  बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताउनुभएको छ ।आइतबार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तर्क्रियामा प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौती सामना गर्नेगरी काम गरिरहेको बताए।

उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताए ।

उनले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने भएको बताए ।

उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउन विमान मर्मतलगायत विषयमा थप कडाइका साथ काम थालनी गरेको बताए ।

नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको उनले बताए ।

बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरेको पनि बताए।

हवाई उडान, उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बस्नेतको भनाइ थियो।

बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको उनले दाबी गरे।

साताकाे चर्चित
सम्बन्धित