नेता भीम रावलमाथि कारबाहीको माग
नेता भीम रावलमाथि कारबाहीको माग
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

 धनगढी । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।

आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।

‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्‍यौँ,’ बिसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’

बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरुमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवे प्रमुख अतिथि रहेको कार्यक्रममा युवा संघका अछाम इञ्चार्ज भरतबहादुर शाहको समेत सहभागिता थियो ।

सोही कार्यक्रममा बिसीले रावलले एमालेका उम्मेदवार झपट बोहरा र यज्ञ बोगटीलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै कारबाहीको माग गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित