फिल्म ‘प्रेमा’ को टिजर सार्वजनिक (भिडिओ)
फिल्म ‘प्रेमा’ को टिजर सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • २९ माघ २०७९, आईतवार

काठमाडाैं, गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

बाघठाटा फिल्म फ्याक्ट्री ब्यानरबाट निर्माण भएको फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)लगायत कलाकारको अभिनय छ।

फिल्म निर्माणमा निर्देशक गोविन्दसँगै विवेक घिमिरेले सहकार्य गरेका छन्। \

महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।

यो फिल्म चैत १७ गतेदेखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित