रैथाने बालीबाट परिकार बनाउँदै : सिँजा गाउँपालिका
रैथाने बालीबाट परिकार बनाउँदै : सिँजा गाउँपालिका
    • उमेश बुढा

    • ३ फाल्गुन २०७९, बुधबार

 

जुम्लाको सिँजा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीबाट परिकार बनाउनको लागि तालिम गोष्ठि सञ्चालन गरेको छ ।

माग २७ गतेदेखि सिँजाको नराकोट बजारमा रैथाने बालीको परिकार र गुणस्तर वृद्धि गर्नको लागि ४ दिने तालिम, गोष्ठी पालिकाको आयोजना र उद्योग शाखाको सहजिकरणमा सुरु गरेको सिँजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनु भयो ।

पालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार महिला स्वास्थ्य स्वयंसेविका , स्थानीय वासी र सरकारवालाहरुलाई सो कार्य शालाले स्थानीय स्तरमा रहेका रैथाने बालीहरुको संरक्षण र बजार प्रवर्धन गर्न सिँजाका स्थानीयलाई निकै महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले यो तालिम सञ्चालन गरेको अध्यक्ष धितालले बताए ।

बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा ठुलो सहयोग पुग्ने भएकाले रैथाने बालीबाट उत्पादन हुने खाद्यबस्तुबाट बनेका परिकारबाट आफ्ना बच्चालाई अर्गानिक खानाको रुपमा अभिभावकले सदुपयोग गर्नु पर्ने उपाध्यक्ष सितली रोकायाले बताइन् ।

उक्त ४ दिने तालिमबाट फर्सीको अचार , आलु र चिउरीको पुल्ड , फापरको केक , कोदोको केक , फर्सीको केक र रैथाने बालीबाट उत्पादन हुने

विभिन्न परिकारहरु तालिममा सहभागीले बनाएका थिए सिजा गाउँपालिकाले जनाएको छ ।

सिँजा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको संरक्षण र प्रवर्धन गर्ने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित