त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा
    • Bell Sanchar

    • ११ फाल्गुन २०७९, बिहीबार

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।

शाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित