अध्यक्ष केपी शर्मा ओलीले सुरू गरे ‘केपी बा’ युट्युब च्यानल
अध्यक्ष केपी शर्मा ओलीले सुरू गरे ‘केपी बा’ युट्युब च्यानल
    • Bell Sanchar

    • १२ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सुरू गरेका छन्।

‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको हो।

उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ बिहीबार नै अपलोड गरिएको छ।

२५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे  बताएका छन्।

एमालेका धेरै नेता-कार्यकर्ता र समर्थक ओलीलाई बा भनेर सम्बोधन गर्छन्। त्यसैका आधारमा ओलीले ‘केपी बा’ नामक च्यानल ल्याएका हुन्।

‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्।

साताकाे चर्चित
सम्बन्धित