खुला विश्वविद्यालयले बागमती र लुम्बिनी प्रदेशमा मितेरी विद्यालयको खोजी सुरु
खुला विश्वविद्यालयले बागमती र लुम्बिनी प्रदेशमा मितेरी विद्यालयको खोजी सुरु
    • Bell Sanchar

    • १७ फाल्गुन २०७९, बुधबार

काठमाडौं । खुला विश्वविद्यालयले बागमती र लुम्बिनी प्रदेशमा मितेरी विद्यालयको खोजी सुरु गरेको छ ।

खुला विश्वविद्यालयको सामाजिक शास्त्र र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण अभ्यास, इन्टर्नसिप, अनुसन्धान र शिक्षण विधि एवम् प्रविधि सम्बन्धी सहकार्य गर्न मितेरी (सहयोगी) विद्यालयको खोजी गरिएको हो ।

विश्वविद्यालयसँग मितेरी लाउन इच्छुक बागमती र लुम्बिनी प्रदेशमा सन्चालित कम्तिमा कक्षा ८ देखि १२ सम्म पढाइ हुने विद्यालयहरुले आजदेखि १५ दिनभित्र इमेलमार्फत् निवेदन दिनसक्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

विश्वविद्यालयको मितेरी विद्यालय छनोट तथा सन्चालन कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ मा मितेरी विद्यालय छनोटका आधार र र सर्तहरु तोकिएका छन् ।

त्यसमा मितेरी विद्यालयहरु प्रदेशस्तरबाट छनोट हुने र त्यसका लागि कम्तिमा कक्षा ८ देखि १२ सम्म सन्चालित सार्वजनिक विद्यालयहरुलाई प्राथमिकतामा राखिने उल्लेख छ ।

विश्वविद्यालयसँग मितेरी लाउन चाहने विद्यालयको आफ्नो भवन र जग्गा हुनुपर्ने छ । साथै शिक्षक तालिम, कार्यशाला तथा अनुसन्धानको लागि यथेस्ट विद्यार्थी संख्या हुनुपर्ने छ ।

सहकार्य गर्न विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको अनुमति लिनुपर्ने छ ।

शिक्षण अभ्यास र इन्टर्नसिप गर्न शैक्षिक सामग्री वा प्रयोगात्मक सामग्री उपलब्ध गराएबाफत् मितेरी विद्यालयलाई विश्वविद्यालयले खर्च रकम उपलब्ध गराउने छ ।

खर्च रकम शिक्षा संकायको शिक्षण अभ्यास निर्देशिका बमोजिम हुने विश्वविद्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित