सिँजा बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन दर्ता भएनन्
सिँजा बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन दर्ता भएनन्
    • उमेश बुढा

    • २१ फाल्गुन २०७९, आईतवार

जुम्लाको सिँजा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिनको लागि कुनै पनि विद्यार्थी संगठन दर्ता भएका छैनन् ।

फागुन १९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म त्रिवि निर्देशिकाको समय अवधिभित्र रहेर दर्ता गर्दा नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनले मात्र साढे ११ बजे दर्ता गरेको सिँजा बहुमुखी क्याम्पसका प्रमुख तिर्थ नेपालले जानकारी दिनु भयो ।

नेविसंघ जुम्ला,अखिल क्रान्तिकारी जुम्ला , नेक्राविसंघ जुम्ला र अखिल क्रान्तिकारी जुम्लाले दर्ता भएको सो विद्यार्थी संगठनको रित नपुको भन्दै विद्यार्थी संगठनले संयुत विज्ञप्ति निकालेको थियो ।

अनेरास्ववियुको इकाई संगठनको परिपत्र नभएको , जिल्लाको अस्पष्ट छाप र हस्ताक्षर गरेको फोटोकपी परिपत्रद्वारा क्यापसले होचुवा कार्य शैलीमा एकलौटी दर्ता गरेको विज्ञप्ति मा उल्लेख गरिएको छ ।

त्रिविको निर्देशिकामा १९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजे दर्ता समय अवधि भएता पनि सिँजा बहुमुखी क्याम्पसले दर्ता नगरेर दिउँसो १ बजे कार्यालय तालाबन्दी गरेर संगठन दर्ता प्रक्रियालाई निशेध गरेको थियो ।

संयुत विज्ञप्तिमा लेखिएको छ ।

दर्ता भएका विद्यार्थी संगठनले मात्र स्ववियुको चुनावमा भाग लिन पाउनेछन् । देश भरिका त्रिविका ६२ आङ्गिक एक हजार ४० सम्बोधन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

३ बजेर ५४ मिनेटमा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन क्याम्पसमा पुग्दा दर्ता गर्न दबाब दिदा क्याम्पसले दर्ता गर्न नमाने पछि सामान्य विवाद उत्पन्न भएको प्रमुख नेपालले भने ।

क्याम्पसको २० गतेको जानकारी पत्रमा विवाद उत्कर्षमा पुग्दा स्ववियु निर्वाचन आकस्मिक बैठक बसी दर्ता भएका संगठनको कागजात हेरफेर गर्दा अनेरास्ववियुको त्रिवि निर्देशिका अनुसार क्याम्पसमा भर्ना लिस्टमा नभएको तर विद्यार्थी नामको क्याम्पस इकाई अध्यक्ष भनेर लेडर प्याड आएकोले दर्ता गरेरको हो । यो संगठनको अध्यक्षको भर्ना लिस्टमा नाम नभए पछि दर्ताबाट हटाएको नेपालले बताए ।

स्ववियु निर्वाचन यहि च‌ैत ५ गते विहान ८ बजेदेखि अपराह्न ४ बजे मतदान समय तोकिएको छ ।

जुन सामाजिक संञ्जालमा क्याम्पस प्रमुख तिर्थ नेपालको नाम जोडेर कपोकल्पीत र भ्रामक अभिव्यक्ति प्रति क्याम्पस प्रशासन आपति सहित निन्दा गर्दछौ । पत्रमा उल्लेख गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित