नगरप्रमुख महर्जनको उपस्थीतिमा एन्जल्स् हार्ट नेश्नलस्कुल र एन्जल्स किड्स मन्टेश्वरीले मनायो पाँचौ अविभावक दिवस
नगरप्रमुख महर्जनको उपस्थीतिमा एन्जल्स् हार्ट नेश्नलस्कुल र एन्जल्स किड्स मन्टेश्वरीले मनायो पाँचौ अविभावक दिवस
    • Bell Sanchar

    • २८ फाल्गुन २०७९, आईतवार

काठमाण्डौं ।

तारकेश्वरको शैक्षिक क्षेत्रका छुट्टै पहिचान बनाउन सफल तारकेश्वर नगरपालिका वडा नं ९ को एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स् किड्स मन्टेश्वरीले पाँचौ स्थापना दिवस तथा अविभावक दिवस मनाएको छ ।
अविभावक दिवसमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकालाई शिक्षाको हब बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।
नगरप्रमुख महर्जनले शिक्षामा गरिब र धनीका कारण परिर्वतन हुनुहुन्न भन्नेमा लागिपरेको बताए । नगरप्रमुख महर्जनले विद्यालयले पठन पाठन मात्र होइन अतिरिक्त क्रियाकलापमा समेत अव्बल रहेको आफुले पाएको बताए ।

कार्यक्रममा प्रा.डा लोकेन्द्र बहादुर शेरचनले पढाई जागिर खानकै लागि मात्र भन्ने मान्यताले विद्यार्थीहरुको भबिष्य अन्योलमा परेको बताँउदै अध्ययन, अध्यापनको बारेमा अविभाकहरुमा भएको पुरानो सोच परिवर्तन हुनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष लिल बहादुर पुनले विद्यालयले गरेको खाने नभई गरेर खाने खालको जनशक्ति उत्पानका लागि त्यस्तै खालको शिक्षा दिइरहेको बताए ।
जमाना अनुसारको शिक्षा दिन नसकिए अबका दिनमा बालबालीकाहरुको भबिष्य अन्धकार हुने बताँउदै विद्यालयले बालबालीकाहरुलाई आधुनीक प्रविधिको प्रयोग गरेर व्यवहारीक ज्ञानमा जोड दिइरहेको बताए ।
अपेन तारकेश्वरकी अध्यक्ष तथा विद्यालयकी एकेडेमीक डाइरेक्टर रेखा शाही हमालले बालबालीकाको उज्जवल भबिष्यका लागि विद्यालयले अहोरात्र मेहनत गरिरहेको बताइन् । हमालले शिक्षा क्षेत्रमा आएको नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गदै विद्यालयले समय अनुसारको शिक्षा दिइरहेको दावी गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टक थापाले बालबालीकाको भबिष्यका लागि विद्यालयले खानपान, योगध्यान र अध्ययनलाई जोड दिइरहेको बताए ।
उनले भने “कुनै पनि विद्यार्थी उ विद्यार्थी मात्र नभएर यो देशको सक्षम एउटा नागरिक पनि हो । उ बिग्रनु भनेको सक्षम नागरिक बिग्रनु हो, दक्ष नागरिक बिग्रनु हो । त्यसैले हामीले बालबालीकाहरुलाई शिक्षासंगै उनिहरुलाई भबिष्यको स्वस्थ्य नागरिक तयार गर्नका लागि खानपान, योगध्यान र अध्ययनलाई जोड दिइरहेका छौं”

विद्यालयलाई ओपन हाउसको अवधारणमा अगाडी बढाइरहेको बताँउदै प्रधानाध्यापक थापाले कतिपय बिषयमा विद्यार्थीसंगै अविभावकहरुसंग पनि विद्यालयले परिक्षा लिने गरिएको बताए।
कार्यक्रममा तारकेश्वर नगरप्याव्सनका अध्यक्ष धन बहादुर पुन, तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा विद्यालयमा रहेर राम्रो अध्यापन गराउनुुहुने शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित