हिमाका प्रधानाध्यापक महेश बने भगवानका अर्का रुप : जिल्ला कै नमूना विध्यालय बनाउदै
हिमाका प्रधानाध्यापक महेश बने भगवानका अर्का रुप : जिल्ला कै नमूना विध्यालय बनाउदै
    • बिर बहादुर राना

    • ४ चैत्र २०७९, शनिबार

काठमाडौं ।
आज भन्दा ७ वर्ष अघि जुम्लाको हिमा गाउँपालिका २ मा रहेको ‘हिमा आधारभूत विद्यालय कोईरेली’ मा १२ जना मात्र विद्यार्थी थिए । हिमा गाउँ आफैमा सानो थियो, बालबच्चा थोरै थिए । त्यसमाथि विद्यालयमा न विद्यार्थी बस्ने ठाउँ थियो, न त चक, डस्टर, बोर्ड ।

विद्यालयसँग करेसा जोडिएका अभिभावक पनि साना साना बालबालिका डोर्याउँदै घरदेखि टाढाका विद्यालय पुर्याउँथे । सरकारी विद्यालय नै भए पनि अवस्था दयनिय थियो ।
जब कोईरेली विद्यालयमा चन्दननाथ नगरपालिका ७ का जुम्लाका महेश रावलको इन्ट्री भयो । त्यसपछि विद्यालयको मुहार कायापलट भयो । उनी २०७१ सालमा त्यस विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरेका हुन् । स्थायी शिक्षकको रुपमा विद्यालय प्रवेश गरेका उनी ३ महिनापछि प्रध्यानाध्यापक भए । त्यहाँदेखि हालसम्म उनले कोईरेली विद्यालयको नेतृत्व सम्हाल्दै आएका छन् ।

‘यही विद्यालयबाट शिक्षक पेसा आरम्भ गरेको हो, ८ वर्ष बितिसक्यो,’ महेश भन्छन्, ‘अब यही विद्यालयमा बाँकी जीवन वेतित गर्छु । यहाँका अभिभावकले पनि मलाई अन्यन्त्र सरुवा हुन दिनुहुन्न । म आफैले पनि धेरै दुख गरेर यो विद्यालयलाई यतिको बनाएको छु । यो विद्यालयको धेरै माया लाग्छ ।’
उनले नेतृत्व लिंदा विद्यालय अस्तव्यस्त थियो । अहिले सबै भौतिक रुपमा सम्पन्न छ । उनले विभिन्न संघसंस्था, गाउँपालिकाको सहयोगमा विद्यालयलाई सम्पन्न गरेका छन् । कोईरेली विद्यालयमा कक्षा एकदेखि ५ समम पढाई हुन्छ । अहिले हिमा गाउँ मात्र होइन, अरु गाउँबाट पनि पढ्न आउँछन् । अहिले ११२ जना विद्यार्थी छन् । अझ यो शैक्षिक सत्रदेखि अरु विद्यार्थी थपिने उनको आंकलन छ ।
‘नयाँ विद्यार्थी भर्ना सुरु भइसकेको छ । आउने शैक्षिक सत्रमा अझ विद्यार्थी बढ्ने निश्चित छ । यहाँको पढाईले नै विद्यार्थी आकर्शित भइरहेका छन्,’ प्रअ रावल भन्छन् ।

यसरी बन्यो नमूना विद्यालय

रावल प्रअको रुपमा नियुक्ति हुँदा शैक्षिक, भौतिक हरेक कुरामा एकदमै कमजोर थियो । विद्यार्थिको लागि बस्ने ठाउँ थिएन, लेख्ने ठाउँ थिएन । मार्कर बोड थिएन । विद्यालयको अवस्था एकदमै दयनीय थियो । उनले कठिन अवस्थामा सबैको सहकार्यमा भौतिक रुपमा विद्यालयलाई सुधारे । अनि शैक्षिक अवस्थ ।

पढाईमा टिचिङ मेथोडलाई एकदमै प्रयोगमा ल्याइएको छ । जसमा स्थानीय मेट्रियल काठ, कागजबाट बनेका छन् । उनी भन्छन्, ‘विद्यार्थी आकर्षणको मुख्य केन्द्रविन्दु भनेकै शिक्षण सिकाई पद्धति हो । सँगै क्षेत्र भ्रमण, परियोजना कार्य सबै हुन्छ । आकर्षक ढंगले विद्यार्थी अनुरुप सिकाउँछौ ं। यही नै विद्यार्थीको मुख्य आकर्षण हो ।’

लेखेर पढेर भन्दा देखेर विद्यार्थीले छिटो सिकेको अनुभव उनी सुनाउँछन् । तर, अहिले शिक्षक उनीहरुका लागि एकदमै चुनौति बनेको छ । हाल तीन जना मात्र शिक्षक छन् । एक जना गाउँपालिकाको अनुदान, एक जना इसीडी म्याडम र उनीहरुलाई एकछिन् फुर्सद हुँदैन । आफूहरुले वर्ग शिक्षण गरेर पढाई रहेको उनको भनाई छ । हिमा गाउँमालिकाको शैक्षिक अवस्था नै सबै उस्तै छ । मावि विद्यालयमा समेत दरबन्दि हेर्दा ३ जना भन्दा बढी नभएको रावल बताउँछन् ।
‘माविको हालत त त्यस्तो छ । यो पछि २०६५ सालमा स्थापना भएको प्रावि विद्यालय हो,’ उनी भन्छन्, ‘एउटा दरबन्दि पाएकै छ । अरु हामीसँग छैन भन्ने जवाफ आउँछ । गाउँपालिकामा पहल पनि गरेका थियौं ।
त्यहाँका अभिभावकले समेत साना साना विद्यार्थी पढ्न टाढा जान नसक्ने भन्दै जसरी हुन्छ विद्यालय संचालन गर्न अनुरोध गर्छन् । त्यसैले बाध्य भएर थोरै शिक्षक भएपनि जसो तसो म्यानेज गरिरहेको उनी बताउँछन् ।

सबै समय विद्यालयलाई

७ वर्षदेखि कार्यरत उनी हाल ११२ विद्यार्थीको अभिभावक बनेर विद्यालयको नेतृत्व गरिरहेका छन् । ‘पेसागत इमानदारिता हुनुपर्छ सबैसँग समन्वय गरेर काम गर्दा सफल हुने रहेछ,’ उनी भन्छन्।
बिहानदेखि बेलुकासम्म उनी विद्यालयमै हुन्छन् । आफूसँग भएको सबै समय विद्यालयलाई दिन्छन् । ‘मन्त्रालय चलाउन सजिलो होला विद्यालय चलाउन धेरै गाह््रो छ । अहोरात्र खटिओ भने मात्र राम्रो हुन्छ,’ रावल भन्छन्, ‘यो सरकारी जागिर होइन । समुदायका धेरै मानिसले हेरिरहेका हुन्छन् । घरपरिवारलाई जस्तै समय दिनुपर्छ । म गर्न सक्नु भन्ने हुनुपर्छ । सबैलाई मिलाएर लैजान सकने क्षमता हुनुपर्छ । आफुसँग भिजन हुनुपर्छ ।’
उनले म्याथ, साइन्स र अंग्रेजी कलास ५ सम्म नै लिन्छन् । सँगै अरु कर्मचारी नभएका कारण प्रशासन लगायतका सबै काम उनी आफै गर्छन् । एउटा शिक्षक भएर काम गर्नु र प्रअ भएर काम गर्नु धेरै फरक हुने उनी बताउँछन् ।

जिल्लाकै नमूना विद्यालय बनाउने तयारी

वैशाख जेठमा गाउँपालिका, विभिन्न संघ संस्था मिलेर गाउँपालिका वा जिल्ला लेभलकै नमूना विद्यालय बनाउने तयारी गरिरहेको रावलको भनाई छ । ‘नमूना विद्यालय बनाउन त्यसको इन्डिकेटर अहिले नै पुरा गर्न लागेका छौ ं। विद्यालय बनाएपछि यस्तो पनि बन्ने रहेछ है भन्ने उदाहरणीय बनाउँदै छौं,’ उनी भन्छन्।
त्यति मात्र होइन, वैशाख भित्रै हिमा गाउँपालिकाका सबै प्रअ उनको विद्यालयमा भिजिटका लागि आउँदै छन् । जनु कुराले उनी धेरै खुशी छन् । गाउँ, जिल्ला मात्र होइन, विस्तारै देशकै नमूना विद्यालय बनाउने आफ्नो योजना रहेको उनी सुनाउँछन् । ‘अझ शैक्षिक गुणस्तर विकास गर्दैजानुपर्छ । त्यसकै लागि रातदिन नभनि खटिरहेको छु,’ उनी भन्छन् । यहाँबाट थाहा हुन्छ, एउटा विद्यालयको प्रअको दृढता र परिश्रमले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न सकिन्छ । विद्यालयको उन्नती र अवननती उसैको हातमा निर्भर हुन्छ ।

उत्कृष्ट प्रध्यानाध्यापक घोषित

हिमा गाउँपालिका जुम्लाले केही दिन अघि मात्र हिमा आधारभूत विद्यालय कोईरेलीका प्रध्यानाध्यापक महेशलाई ‘उत्कृष्ट प्रध्यानाध्यापक घोषित’ गरेको छ । विद्यालय बाहिर रहेका भर्ना उमेर समूह ४.१६ वर्षसम्मका सत प्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषणा कार्याक्रममा उनलाई उत्कृष्ट प्रध्यानाध्यापक घोषित गरिएको हो ।
कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उनलाई सम्मान गरेका थिए । उक्त विद्यालयमा शैक्षिक भौतिक विकासमा अथक योग्दान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।
उनले हिमा गाउँपालिका मै आफूलाई अत्यन्तै मेहनती र कुशल प्रअको रुपमा परिचित गराउन सफल भएका छन् ।

 

 

साताकाे चर्चित
सम्बन्धित