पार्टीले हस्तक्षेप गरेपछि शिक्षक संघ जुम्लाको अधिबेशन अझैं टुंगिएन
पार्टीले हस्तक्षेप गरेपछि शिक्षक संघ जुम्लाको अधिबेशन अझैं टुंगिएन
    • मोहन विक्रम शाही

    • ६ चैत्र २०७९, सोमबार

जुम्ला

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाको नवाैं अधिबेशन गत फागुन २३ गते उद्घाटन भएपनि पार्टिका जिल्ला स्तरिय केही नेताले हस्तक्षेप गर्दा निर्बाचन प्रक्रिया अघि बढ्न सकेकाे छैन। फागुन २३ गते अधिबेशनकाे उद्घाटन गरिएकाे थियाे। शिक्षक संघका पुर्ब जिल्ला अध्यक्ष डिल बहादुर महतकाे संयाेजकत्वमा निर्बाचन समिति बनाइएकाे छ ।

जुन निर्बाचन समिति बिधान बिपरित गठन गरिएकाे अध्यक्षका उम्मेदवार हरुले बताइरहेका छन। उक्त निर्बाचन समितिले फागुन २४ गते बिहान ९ बजे देखि निर्बाचन गर्ने कार्यतालिका राखेपनि काँग्रेसका केही जिल्ला स्तरिय नेताहरुले निर्बाचन नगराउन दबाब दिएपछि हाल सम्म निर्बाचन प्रक्रिया अघि बढ्न सकेकाे छैन। जिल्ला अध्यक्ष पदमा ५ जना खगेश्वर आचार्य ,हमेन्द्र जंग शाही, जगत बहादुर शाही, नरेन्द्र महत र कुल बहादुर मल्लले उम्मेदवारी दिएकाछन ।

निर्बाचन प्रक्रिया अघि बढाए पाटिका केही नेताहरुले चाहेकाे ब्यक्ति अध्यक्ष नहुने निश्चित भएपछि जबर्जस्ती ताेकेरै अध्यक्ष बनाउने रणनीतिमा पाटिका

नेताहरु रहेकाे नेपाली काँग्रेस जुम्लाका जिल्ला कार्य समिति सदस्य घनश्याम थापाले बताए। स्वच्छ प्रतिस्पर्धा गरेरै अध्यक्ष बनाईनुपर्ने भन्दै अध्यक्षका उम्मेदवारहरु हमेन्द्र जंग शाही, जगत शाही र कुल बहादुर मल्लले केही दिन अघि बिज्ञाप्ति मार्फत शिक्षक संघकाे प्रदेश र केन्द्रीय समितिलाई ध्यानाकर्षण समेत गराएका थिए। निर्बाचन प्रक्रिया अघि बढे हमेन्द्र जंग शाही र जगत बहादुर शाही बिच प्रतिस्पर्धा हुने देखिन्छ । पाटिका केही नेताहरुले फरक ब्यक्तिलाई शिक्षक संघकाे जिम्मेवारी सुम्पिन चाहेकाले ठाडै हस्तक्षेप गर्न खाेजिएकाे संघमा आबद्ध शिक्षकहरु बताउछन।

निरंकुश शैलिमा काँग्रेसकाे एउटा झुन्डले दवाव र प्रभाबमा पारेर अध्यक्ष ताेक्ने कु चेष्टा गरिएकाे भन्दै अध्यक्षका उम्मेदवार हमेन्द्र जंग शाहीले असहमति जनाउदै प्रेस बिज्ञाप्ति निकालेकाछन।

बिज्ञप्तिमा एथासिघ्र निर्बाचन प्रक्रिया अघि बढाउन माग गरिएकाेछ। शिक्षक संघकाे जिल्ला कार्यसमितिकाे अध्यक्ष बाहेकका सबै पदमा मनाेनयन गरिएकाे लिष्ट यश अघि निकालिएकाेछ। केही पदमा निर्बिराेध निर्बाचित भएपनि अधिकांश पदमा निर्बाचन नगराई मनाेनयन गरिएकाेछ।

साताकाे चर्चित
सम्बन्धित