सांसद चन्‍द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने
सांसद चन्‍द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने
    • Bell Sanchar

    • ७ चैत्र २०७९, मंगलवार

काठमाडौं । खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्‍द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

अर्थ मन्त्रालयका अनुसार सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।

मन्त्रिपरिषदको गत फागुन ११ गतेको बैठकले सांसद भण्डारीलाई भारत लैजाँदा लागेको खर्चवापत ५५ लाख ८८ हजार एक सय ६४ लाख रूपैयाँ सरकारले व्यहोर्ने निर्णय भएको हो।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी गम्भीर घाइते भएका थिए।

उनको सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो। फागुन ४ गते उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

सांसद भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएको छ। उनलाई सामान्य आहार दिन थालिएको छ।

आगलागीमा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।

 

साताकाे चर्चित
सम्बन्धित