२०८० को पहिलो दिन हावाहुरी र हल्का वर्षाको सम्भावना
२०८० को पहिलो दिन हावाहुरी र हल्का वर्षाको सम्भावना
    • Bell Sanchar

    • १ बैशाख २०८०, शुक्रबार

काठमाडौं 

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार हावाहुरी र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ ।

महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शुक्रवार राति देशभर आंशिक बदली रहने छ ।

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित