मलेसिया टुरका लागि महिला क्रिकेट टिमको प्रशिक्षक साममसङ जंग थापा रहने
मलेसिया टुरका लागि महिला क्रिकेट टिमको प्रशिक्षक साममसङ जंग थापा रहने
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मलेसिया टुरको प्रशिक्षण जिम्मेवारी सामसन जंग थापाले सम्हाल्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद अन्र्तगत क्रिकेट प्रशिक्षकको रुपमा रहेका थापाले यस टुरका लागि महिला टिमको जिम्मेवारी सम्हाले नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

महिला टिमले जेठ ३ गतेबाट प्रशिक्षण सुरु गर्ने क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

उनले भने, ‘यसपटक राष्ट्रिय खेलकुद परिषद अन्तर्गत क्रिकेट प्रशिक्षक रहनु भएको श्यामसङ जंग थापाले महिला टिमको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

टिमको बाँकी जानकारी हामी आज साँझ सार्वजनिक गर्नेछौं ।’

नेपाली महिला टिमले ११ महिनापश्चात पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

नेपाल र मलेसियाबीच पाँच खेलको सिरिज मे २९ देखि जुन ४ सम्म मलेसियाको युएसडी युमेएम ओभलमा हुनेछ ।

नेपालले यसअघि २०७९ असार ९ मा एसीसी वुमन्स टी–२० च्याम्पियनसिप खेल खेलेको थियो ।

साताकाे चर्चित
सम्बन्धित