रेशम चौधरीलाई राष्ट्रपतिबाट माफीमिनाहा दिन कुनै किन्तुपरन्तु नगर्न आग्रह : डा. बाबुराम भट्टराई
रेशम चौधरीलाई राष्ट्रपतिबाट माफीमिनाहा दिन कुनै किन्तुपरन्तु नगर्न आग्रह : डा. बाबुराम भट्टराई
    • Bell Sanchar

    • १३ जेष्ठ २०८०, शनिबार

 काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई राष्ट्रपतिबाट माफीमिनाहा दिन कुनै किन्तुपरन्तु नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले नागरिक विधेयक पनि राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने माग गरेका छन् ।

उनले लेखेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकता सम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं ।

लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’

साताकाे चर्चित
सम्बन्धित