जुम्लाको हिमा गाउँपालिकामा पढाई मेला सम्पन्न
जुम्लाको हिमा गाउँपालिकामा पढाई मेला सम्पन्न
    • उमेश बुढा

    • १६ जेष्ठ २०८०, मंगलवार

जुम्ला ।

हिमावासीको उत्साह पुर्ण उपस्थितिमा पालिका स्तरिय पढाई मेला सोमबार सम्पन्न भएको छ ।

सो मेलामा अभिभावक, विद्यार्थी र अथितिको भरिभराउले गर्दा कार्यक्रम रोचकपुर्ण बनेको थियो । शैक्षिक सामाग्रीले झकिझकाउ बनेका स्टलहरु हेरौ हेरौ लाग्ने जस्तो पढाई मेलामा देखाइएका थिए ।

यसरी हिमा सरकारले पालिका अध्यक्ष लक्ष्मण शाही पाए देखि शिक्षामा ठुलो फड्को हाँकेको अभिभावक, विद्यार्थी, शिक्षक र हिमावासीले महसुस गरेका छन् ।

शिक्षा क्षेत्रलाई गुणस्तर बनायो भने भविष्यमा विकासमा टेवा पुग्ने र मानिस जन्मदेखि मृत्यु हुन्जेलसम्म शिक्षा आर्जन हरेक वस्तु , दृष्टिकोण र भोगाइबाट गर्ने भएको हुँदा शैक्षिक सामाग्री, अतिरिक्त कृयाकलाप र पठनपाठन गरेर पढाई मेला लगाएको अध्यक्ष शाहीले बातए ।

शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि पढाई मेलाको आयोजना गरिएको हो । पढाई मेलाले विद्यालय, अभिभावक तथा विद्यार्थीलाई थप ऊर्जा र हौसला थप्ने अपेक्षा छ । हिमा गाउँपालिकामा दुइ बालबिकास केन्द्र एक आवसिय सहित २३ वटा विद्यालय रहेकाको शिक्षाका प्रमुख दन्त्तराज रावतले बताए । उनले भने,पढाई मेलामा १९ वटा विद्यालयले भाग लिएका थिए ।

मेलाको अवसरमा पालिकाको शिक्षा निति २०७९ समेत विमोचन गरिएको छ । पालिका भर रहेका २३ ओटा सामुदायिक विद्यालयकै शैक्षिक अवस्था सुधार गर्न बालबालिकाको पहुँच वृद्धिका लागि शिक्षा नीति कोशेढुंगा सावित हुने अपेक्षा गरिएको शाहीको भनाई छ ।

सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक शिक्षा अवस्था सुधार गर्न तथा बालबालिकाको पहुँच वृद्धिका लागि नीति निर्माण र लगानी वृद्धिमा स्थानीय सरकारले ध्यान दिनु पर्ने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो । हिमा पालिकाले शिक्षामा सुधारका विभिन्न कार्यक्रम गरेर शिक्षालाई गुणस्तरीय बनाउने काम प्रशंसा योग्य रहेको धिमिरेले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार सामुदायिक विद्यालयको सुधारको लागि गरेको कार्य देख्दा खुसी व्यक्त गर्नु भयो ।

देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्युटर टाइपिङ प्रतियोगिता समेत गराइएको थियो । वाह्य ज्ञान प्राप्तिका लागि मेमोरी गेम समेत खेलाइएको थियो ।

जेठ महिनाको १४ र १५ गते सञचालित पढाइ मेलामा शिक्षक, विद्यार्थी, अभिभावकको उत्साहजनक उपस्थिति रहेको थियो । इच्छाशक्ति भएको खण्डमा सामुदायिक विद्यालयको कतै कठिनाई नहुने सन्देश हिमाले पढाइ मेलाको आयोजना गरेको हिमा गाउँपालिकाले जनाएको छ ।

पढाइ मेलामा २ हजार भन्दा माथिको सङ्ख्यामा जिल्ला भित्रका अथिति ,विद्यार्थी र अभिभावले शैक्षिक सामाग्री हेर्नलाई भिड् लागेको थियो ।

साताकाे चर्चित
सम्बन्धित