कनकासुन्दरीमा २९ विद्यालयका शिक्षक, विद्यार्थी दिवा खाजाको पहुँचमा
कनकासुन्दरीमा २९ विद्यालयका शिक्षक, विद्यार्थी दिवा खाजाको पहुँचमा
    • उमेश बुढा

    • २१ जेष्ठ २०८०, आईतवार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा २९ ओटा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी दिवा खाजाको पहुँचमा रहेका छन् ।

नेपाल सरकारको रणनीति अनुसार विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भित्र्याउनको लागि देशै भरी यो कार्यक्रम लागू गरेको छ ।

एकजना विद्यार्थी बराबर दिनको २० रुपैयाँको दरले स्थानिय र बजारिया खाजा खुवाउने गरेका छन् । भने शिक्षक शिक्षिकालाई दिनको ५० रुपैयाँका दरले दिवा खाजा पालिकाले दिएको कनका सुन्दरी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जीवन रोकायाले बताउनु भयो ।

कनकासुन्दरी गाउँ पालिका भित्र ३० वटा सामुदायिक विद्यालय रहेका छन् । रोकायाले भने वडा नम्बर १ मा भौगोलिक विकट्ताका कारणले त्यहाँ ७ वटा विद्यालय रहेका छन् भने , वडा नम्बर ८ मा १ वटा मात्र पाण्डगुफा माध्यमिक विद्यालय रहेको छ ।

कनकासुन्दरीका इसिडी देखि कक्षा ६ सम्म लगभग १३ हजार ५ सय ९० विद्यार्थी दिवा खाजा पाएका छन् । भने , वडा नम्बर ७ मा रहेको काँफल डाँडा आधारभूत विद्यालय देवारपाटामा २ सय २२ जना विद्यार्थीले नियमित रुपमा दिवा खाजा पाएका छैनन् ।

आर्थिक वर्ष २०८० र ८१ को बजेटमा सामुदायिक विद्यालयका लागि नेपाल सरकारले ८ अरब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित