सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
    • Bell Sanchar

    • २१ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ ।

शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित